आइपीओ रद्द हुने कारणहरु
पहिलो पटक आइपीओ भर्दा तपाईंहरूले धेरै समस्या भोग्न सक्नु हुनेछ, त्यस मध्ये भरिएको आइपीओ रद्द हुने पनि एउटा समस्या रहेको छ । हामी तपाईंलाई आइपीओ किन र के कति कारणले रद्द हुन्छ भन्ने कुराको जानकारी गराउने छौ ।
एउटा मान्छेको दुईवटा सम्म डिम्याट खाता खोल्न सकिन्छ । हुन त दुई वटा डिम्याट खाता हामीलाई अवशक पर्दैन, तर कै कारणले तपाईँलाई आफ्नो ब्रोकरको सर्भिस राम्रो नलागेमा अर्को ब्रोकर service लिन मिलोस् भनेर दुईवटा सम्म डिम्याट खाता खोल्न पाउने प्रावधान छ । तर दुईवटा भन्दा बढी डिम्याट खाता खोल्न भने पाइने छैन ।
अब धेरैले सोच्छन की दुईवटा डिम्याट खाता भएपछि, दुईवटै डिम्याट खाता बाट आइपियो भर्दा आइपियो पार्ने चान्स डबल हुन्छ, अनि दुईवटै डिम्याट खाता बाट आइपीओ भर्छन् । तर त्यस्तो हुँदैन, दुईवटै डिम्याट खाताबाट आइपीओ भरेमा दुईवटै आइपीओ आवेदन रद्द हुन्छ । एउटा मान्छेले आइपीओ को लागि एक पटक मात्र आवेदन दिन पाउनेछ ।
अर्को कारण हो बैंकमा पैसा नहुनु । तपाइले आइपीओ भर्दा त पैसा राख्नुभयो तर तपाईंको बलान्स लक हुनु भन्दा अगाडी तपाइले पोसा निकाल्नु भयो या बैंकले सर्विस चार्ज मार्फत तपाईंको बालान्स काट्यो भने पनि तपाईंको आइपीओ आवदेन रद्द हुन्छ । तपाईंको Balance lock हुँदासम्म तपाईंको बैंकमा पैसा हुनुपर्दछ, नत्र तपाईंको आइपीओ आवदेन रद्द हुनेछ । त्यसैले आफुले कति कित्ता शेयरको लागि आवेदन दिन लागेको हो सो बराबरको रकम बैङ्कमा भएको निश्चित गर्नुहोस ।
हरेक कम्पनीले आइपीओ निष्कासन गर्दा केइ शेयर आफ्नो employees र mutual fund को लागि छुट्याइएको हुन्छ । त्यसपछि मात्र पब्लिकलाई इसयू गरेको हुन्छ । यदि तपाईं आइपीओ इसयू गरेको कम्पनीको कर्मचारी हुनुहुन्छ भने कम्पनीले तपाइलाई पोहिला नै शेयर दिएको हुन्छ, यस्तो केस मा तपाइले फेरि पब्लिकलाई इसयू भएको आइपीओ भर्नु भयो भने त्यस्तो आवेदन रद्द हुन्छ । एउटै मान्छेले धेरै सुविधा नपाओस् भनेर यो नियम लागू गरिएको छ ।
Join the conversation