शेयर बजारमा लगानी किन गर्ने
कम्पनी खोल्न धेरै लगानी चाहिन्छ । हामी जो कोहीले कम्पनी खोल्न सक्दैनौँ । कम्पनी खोल्न नसके पनि हामी कुनै पनि चलिरहेको कम्पनीको नाफाको हिस्सा बन्न सक्छौ, शेयर बजारको माध्यम बाट । कुनै पनि बैंक, इन्स्योरेन्स, माइक्रो फाइनान्स, हाइड्रो जस्ता कम्पनी खोल्न हामीलाई धेरै लगानी लाग्छ, हामी यस्तो कम्पनी खोल्न त सक्दैनौँ तर हामीले ती कम्पनीको शेयर किनेर, ति कम्पनीहरुको नाफाको हिस्सा बन्न सक्छौ । आफुले जानेको बुझेको कम्पनी छ, अनि त्यो कम्पनी भविष्यमा राम्रो नाफा कमाउन सक्छ भन्ने लागेमा, त्यस कम्पनीको शेयर किनेर केई वर्ष होल्ड गरेर पनि राम्रो नाफा कमाउन सकिन्छ । तर लगानि गर्दा बुझेर मात्र गर्नुपर्दछ ।
शेयर किन्न पैसा छैन ? यदि तपाईसंग १ हजार रुपैयाँ मात्र छ भने पनि तपाईं शेयर बजारमा प्रवेश गर्न सक्नुहुन्छ, आइपीओ को माध्यम बाट । अहिलेको नेपालको शेयर बजारको कुरा गर्दा, कुनै पनि आइपीओ बाट कम्तीमा पनि २ गुना फाइदा हुने गरेको छ । मतलब, तपाइले आइपीओ मार्फत १०९० रूपयाँ लगानी गर्दा, तपाईंले पाउने प्रतिफल १०० % भन्दा बढी हुने गर्छ ।
कुनै कम्पनीको शेयर किन्नु भनेको, सो कम्पनीको स्वामित्व किन्नु हो । तपाइले शेयर बजारको माध्यमबाट आफूलाई मनपरेको कम्पनीहरु बैंक, इन्स्योरेन्स, माइक्रो फाइनान्स, हाइड्रो जस्ता कम्पनीहरु को स्वामित्व किन्न सक्नुहुन्छ । तपाइले कम्पनीको जाती पर्सेन्ट शेयर किन्नु हुन्छ, तपाईं त्यती नै पर्सेन्टको सो कम्पनीको नाफा- घाटाको हकदार बन्नु हुन्छ ।
शेयर किन्न र बेच्न सजिलो र सहजै हुन्छ । तपाइले शेयर सजिलै अनलाइन बाट नै बेच्न र किन्न सक्नु हुन्छ । अरु इन्भेष्टमेन्टहरु जस्तै जगामा लगानी गरेको खण्डमा बीचको लागि तपाइलाई सरो पर्न सक्छ । भनेको बेला किन्ने मान्छे नभेटिन सक्छ, तर शेयर मार्केटमा त्यस्तो हुँदैन, तपाइले आफ्नो सेयर अनलाइन बाट नै सजिलै बेच्न सक्नुहुन्छ । शेयर मार्केटमा गरेको लगानी भनेको क्यास मनि जस्तै हो, किन भने हामीले शेयरलाई कुनै पनि बेला बेचेर पैसामा रूपान्तरण गर्न सक्छौ ।
शेयर मार्केटमा प्रतिस्प्रधा हुँदैन, भए पनि सो प्रतिस्प्रधाले केई फरक पर्दैन ।जाती धेरै मान्छे शेयर बजारमा प्रवेस गर्छन, शेयर बाजार त्यतिनै धेरै बलियो र राम्रो बन्दै जान्छ ।
यो एउटा साइड बिजनेसको रूपमा प्रयोग गर्न सकिन्छ । यसमा पूरा समय दिनु पर्दैन । बाजार बारे बुझ्न भने जरुरी भएकाले, तपाइले केई समय भने शेयर बजारमा दिनु पर्दछ । नबुझि गरेको लगानीले प्रतिफल दिँदैन, र नबुझि शेयर बाजारमा लगानी गर्नु भनेका जुवा तास खेले जस्तै हाे । त्यसैले बुझेर लगिनी गर्दा शेयर बाजारबाट राम्रो प्रतिफल पाउन सकिन्छ ।
तपाइले आफैं कुनै पनि कम्पनी खोल्नु भयो भने तपाइलाई कर्पोरेट कर २५ % लाग्छ । तर तपाइले शेयर बजारबाट लगानि गरेर नाफा कमाउनु भयो भने तपाईंलाई कर ५-७ % मात्र लाग्छ । यसरी तपाइले १८-२० % ट्याक्स सेबिङ गर्न सक्नुहुन्छ । ट्याक्स सेबिङ गर्नु भनेको, खर्च कम गर्नु हो र खर्च कम हुनु भनेको सम्पति वृद्धि हुनु हो । यसरी ट्याक्स सेबिङ गरेर आफ्नो सम्पति बढाउन सकिने भएकाले पनि शेयर बजारमा लगानी गर्नु उपयुक्त हुन्छ ।
तपाईँले शेयर दितो राखेर बैंक बाट लोन लिन सक्नुहनेछ । शेयर वित्तीय साधन भएकाले यसलाई कुनै पनि बेला पैसामा रूपान्तरण गर्न सकिन्छ । यसैले सेयरमा लगानी गर्न उपयुक्त हुन्छ ।
Join the conversation