प्राथमिक बाजार र दोस्रो बाजार
प्राथमिक बाजार
प्राथमिक बजार भनेको पब्लिक कम्पनी अन्तर्गत दर्ता भएका कम्पनीहरुले शेयर सर्वसाधारणलाई जारी गर्ने बजार हो । यो पहिलो पटक आइपीओ मार्फत सर्वसाधारणका लागि शेयर जारी गर्ने ठाउँ हो । यस बजारबाट कम्पनीले कोष जुटाउन र लगानीकर्ताले पहिलो पटक कम्पनीमा लगानी गर्न सक्नेछन् । शेयर निष्कासनबाट प्राप्त हुने रकम सो कम्पनीले नै लैजानेछ । यो बजारमा लगानीकर्ताहरूको लागि एकै मूल्यमा शेयर जारी गरिन्छ। प्राथमिक बजारले स्टकको लागि तरलता प्रदान गर्दैन । यहाँ शेयर एकपटक मात्र किनबेच हुन्छ । मतलब,कम्पनीले पहिलोपटक सर्वसाधारणका लागि शेयर बेच्छ, अनि सर्वसाधारणले किन्छन् ।
दोस्रो बाजार
यो एक स्थान हो जहाँ पहिले नै जारी भएका शेयरहरुको कारोबार गरिन्छ। प्राथमिक बजारमा कम्पनीले पहिलोपटक सर्वसाधारणका लागि शेयर बेच्छ, अनि सर्वसाधारणले किन्छन् । अब सर्वसाधारणले भने सो शेयर दोस्रो बाजारको मध्यम बाट बेच्नु पर्दछ । यसलाई आफ्टर इश्यु मार्केट पनि भनिन्छ। यहाँ शेयर किनबेच हुँदा सेयर रकम शेयर बिक्री गर्ने सर्वसाधारण वा कुनै संस्थाले पाउछ भने शेयर खरिद गर्ने सर्वसाधारण ले सो रकम तिर्छ । त्यसैले कम्पनीले यो बजारबाट केहि पनि प्राप्त गर्दैन। शेयर बजार मूल्यमा किनबेच गरिन्छ। दोस्रो बजारले स्टकलाई तरलता प्रदान गर्दछ। दोस्रो बजारमा, धितोपत्रहरू अनगिन्ती पटक किनबेच गर्न सकिन्छ। यहाँ स्टक ब्रोकरहरुले बिचौलियाको रूपमा काम गर्छन् ।
Join the conversation