Need a hand in crafting captivating content? Look no further! We're here to support your creative journey. Contact Now

नेपालको ३ ठूला पार्टी प्रमुखमा भएको नेता बन्न सक्ने खुबी





 हामी सधैं नेताहरुलाई गाली गर्ने गर्छौ । हामी गाली गर्न भनेपछि प्रधानमन्त्री र रा्ट्रपति लाई समेत छाड्दैनौं । चुनाव जितेर नेता बनेका हरुलाई हामी नेता बानेकै भोलिपल्ट बाट गाली गर्ने गर्छौ । आखिर धेरैले मन पराउँदैनन् भने उनीहरु ले कसरी अत्याधिक भोट पाएर नेता बने त ? 


यसको उत्तर हो, नेता हरूमा रहेको आफ्नो अधिकारको लाई कुनै पनि हद सम्म जन सक्ने र जनता पट्याउन सक्ने खुबी नै हुन ।


हजुरबा देखि नतिपुस्त सम्म लोकप्रिय रहेका नेता केपी शर्मा ओली कै कुरा गर्ने हो भने उनी जनता हँसाउन धरै नै सिपलु छन् । उनले प्रयोग गर्ने उखान टुक्काहरु कै कारण उनको लोकप्रियता युवापुस्तामा पनि उत्तिकै देखिन्छ । हजुरबा हजुरआमाले केपि ओलिको भाषण सुन्दा हाँस्दै भन्नुहुन्छ, "मजको मान्छे रहेछ यसैलाई भोट हाल्नुपर्छ" । यस्तै उनको मान्छे हँसाउन र पट्याउन सक्ने खुबी कै कारण उनी यति लोकप्रिय नेता बनेका छन् ।


प्रचण्ड कै कुरा गर्ने हो भने उनी आफ्नो अधिकारको लागि कुनै पनि हद सम्म जन सक्ने मान्छे हुन् । आफ्नो अधिकारको लागि हामी धेरै जसो आवाज समेत उठाउदैनौ, तर प्रधानमन्त्री समेत भइसकेका नेता प्रचण्ड, आफ्नो अधिकारको लाई आफै "हामी यहाँ छौँ" लेकेको प्लक्याड बोकेर बाटोमा बसेको त हामीलाई सबैलाई थाहा नै छ । प्रचण्डमा रहेको लिडर बन्न कुनै पनि हदसम्म जान सक्ने खुबी कै कारण उनी यति ठूलो नेता बनेका छन् ।


शेर बहादुर दउवा को कुरा गर्दा उनी जनतामा धेरै लोकप्रिय छैनन् । उनी जनतामा धेरै घुलमिल हुन, जनता संग कुराकानी गर्न त्यति चासो पनि राख्दैनन् तर उनि नेपाली काँग्रेस पार्टी भित्रका सबै भन्दा लोकप्रिय नेता हुन् । उनले पार्टीभित्रका नेताहरुलाई आफ्नो पक्षमा राख्न सक्छन् । पार्टीका कार्यकर्ता र नेताहरुलाई खुसी राख्न सक्ने खुबी कै कारण उनी यति ठूलो नेता र पटक पटक प्रधानमन्त्री समेत बनेका छन् । अर्को भाषामा भन्नु पर्दा उनी पार्टीगत राजनीति गर्न धेरै नै सिपालु नेता हुन् ।