Need a hand in crafting captivating content? Look no further! We're here to support your creative journey. Contact Now

टिकटक ले हाम्रो जीवनमा पारेको नकारात्मक असर

 


हामी मनोरञ्जनको लागि विभिन्न सामाजिक सञ्जाल हरु प्रयोग गर्ने गर्छौ । टिकटक पनि प्रविधीको विकास संगै आएको एउटा भिडियो शेयरइङ सामाजिक सञ्जाल हो । भन्नु पर्दा सबै सामाजिक सञ्जाल को फाइदा र बेफाइदा हुने गर्दछ । टिकटक को पनि केही फाइदा हरु त छन, तर यसले हाम्रो जीवन र समाजमा धेरै नकारात्मक असर गरिरहेको छ ।


टिकटक एउटा देखावटी संसार हों भन्दा फरक पर्दैन । यहाँ कतिपय मान्छेहरु लाइक र फलोवर बढाउन कुनै पनि हद सम्म जाने गरेको देखिन्छ । टिकटक भन्ने बितिकै हामीले बिर्सन नसक्ने शब्द हो भाइरल । भाइरल शब्द टिकटक मा आफैमा यति भाइरल छ कि कतिपय मान्छेहरु यसको लागि जे पनि गर्न तयार छन् । कतिले त भाइरल हुने खालको टिकटक बनाउने क्रममा ज्यान नै गुमाएका छन् । भनिन्छ, हरेक कुराको एउटा सिमा हुन्छ। सिमा मै रहेर काम गर्दा जुनसुकै काम पनि सफल हुन्छ तर, भाइरल शब्दको पछाडि लागेकाहरु यो कुरा बुझ्दैनन् ।


टिकटक भिडियो बनाउनेमा मात्र होइन भिडियो हेर्ने हरूमा पनि टिकटक ले असर गरिरहेको छ । टिकटकका भिडियोहरु छोटो हुने भएकाले मान्छेहरु आफूले लगाउने कपडा, गहना, आफ्नो घर, गाडी, पैसा जस्ता समानहरुको पनि भिडियो बनाएर हाल्ने गर्छन । अब मिडल क्लास परिवारका मान्छेहरू जसले ती कुराहरू किन्न र प्रोयोग गर्न सकिरहेका हुँदैनन् , उनीहरूलाई त्यो भिडियो देखेपछि आफ्नो जिन्दगी बेकार लग्न थाल्छ । उसमा आफूप्रति को सेल्फ कन्फिडेन्स काम हुन जान्छ । उ आफूलाई पनि उनीहरू संग दाज्न थाल्छ र सपनाको दुनिया मा रमाउन थाल्छ । उसमा यसरी नकारात्मक मनोवैज्ञानिक असर पर्न जान्छ ।


टिकटक ले सबै उमेरका प्रयोगकर्ताहरूलाई आकर्षित गर्ने गर्दछ । यहाँ रमाइलो र मनोरञ्जन बाहेक, धेरै संवेदनशील, अप्रिय, वा हिंसात्मक सामग्रीहरु पनि उपलब्ध हुने गर्दछ । यसले गर्दा यो एप बच्चाहरूको लागि कतिको हानीकारक छ भन्ने कुरा तपाईंलाई थाहाँ नहुन पनि सक्छ । यस एपको धेरै भन्दा धेरै सामग्री होस्ट गर्ने प्रवृत्तिले गर्दा, बच्चाहरू यसको लतमा पर्ने गर्छन । यसले बच्चाको पढाइमा असर त गर्छ नै, यसको लतले आमाबाबा हरुलाई पनि दुख दिने गरेको छ ।


टिकटक मा रोस्टको नाममा मानिसहरू विरुद्ध अप्रिय र आपत्तिजनक टिप्पणीहरू गरेर चरित्र हत्या गरेको पाइन्छ । टिकटक तपाइँको कला र क्षमता व्यक्त गर्न को लागी एक सुविधाजनक उपकरण हो । सबैलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार भएकोले कसैलाई मानहानि वा अनादर गर्दा हुने नकारात्मक असरलाई पनि विचार गर्नुपर्छ, तर भाइरल सब्दकाे पछाडि लागेकाहरु यो कुरा बुझ्दैनन् ।