बालेन काठमाडौको मेयरमा लड्छु भन्दै छन अनि झापाको १६ बर्से केटो भन्छ, मेरो भोट बालेन लाई ।
लोकप्रिय नेपाली र्यापर/स्ट्रक्चरल इन्जिनियर बलेन शाहले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । यो खबरले सोसियल मिडिया तताएको छ । विभिन्न ठाउँबाट उनको समर्थनमा सोसियल मिडियामा पोस्टहरू देख्न सकिन्छ । धेरै जसो कलाकारहरुले उनलाई समर्थन गर्ने निर्णय पनि गरेका छन् । शत्रन्तर उमेद्वारका रूपमा बलेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
युवा राजनितिमा आएको धेरै राम्रो हो । बलेनले चुनाव जितेर काठमाडौं महानगरपालिकाको मेयर बनेमा इतिहास रच्ने छन । तर समस्य के हो भने, उनलाई समर्थन गर्ने धेरै जसो मानिसहरू १८ वर्ष भन्दा मुनिका केटा केटीहरु देखिन्छन् । अझ अच्चम त, झापाको १६ बर्से केटो भन्छ, मेरो भोट बालेन लाई । बलेनले धेरै ठाउँबाट सपोट त पाएका छन्, तर के उनले काठमाडौँबसी को सपोट पाएकाछन् त ? सोसियल मिडियाले मेयर वनाउने होइन, चुनावले बनाउछ, अनि काठमाडौंको मेयर बन्न काठमाडौंबासी को भोट पाउनुपर्ने हुन्छ ।
हुन त सोसियल मिडियाले रञ्जु दशनालाई पनि मन नपराएका त होइनन्, तर के गर्नु काठमाडौंबासीले मन नपराए पछि । बालेनको पनि त्यस्तै नहोला भन्न सकिन्न । हेरौ अब बालेनले चुनाव जित्छन् कि मन ।
Join the conversation