Need a hand in crafting captivating content? Look no further! We're here to support your creative journey. Contact Now

आइपीओ भर्न के के चाहिन्छ ?


आइपीओ भर्न अर्थात सेयर बजारमा लगानी गर्नको लागि सर्वप्रथम तपाईलाई बैंक खाता चाहिन्छ, तपाईले नेपालको कूनै पनि बैंकमा खाता खोल्न सक्नुहुन्छ । यदी तपाईसँग पहिला नै कुनै पनि बैंकको खाता छ भने अर्को बैंक खाता खोल्नु पर्दैन, त्यै बैंक खाताबाट तपाई आइपीओ भर्न अर्थात शेयर कारोबार गर्न सक्नुहुनेछ ।


बैंक खाता खोलिसके पछि, तपाईलाई चाहिने दोस्रो कुरा भनेको डिम्याट खाता हो । डिम्याट खाता भनेको चै तपाईंको शेयर राख्ने खाता हो । जसरी तपाइलाई बैंकमा पैसा राख्न बैंक खाता चाहिन्छ, त्यसरीनै तपाईंले किनेको शेयर राख्न डिम्याट खाता चाइन्छ ।

 तपाइले जुन बैंकमा खाता खोल्नु भएको छ, त्यै बैंकमा गएर डिम्याट खाताको फारम भर्न सक्नुहुनेछ । बैंक जानुहोस्, डिम्याट खाताको फारम माग्नुहोस्, फारम भर्नुहोस् र बैंकमा बुझाउनुहोस् । यति गरिसकेपछि तपाईंको डिम्याट खाता खुल्नेछ । अब बैंकले तपाईलाई १६ अङ्कको डिम्याट नम्बर दिन्छ, जसलाई BOID भनिन्छ । तपाईलाई तपाईंको डिम्याट खाता व्यवस्थापन गरेबापत बैंकले वर्षको 100 देखि 150 रुपैयाँ शुल्क लिन सक्छ ।

 बैंकबाट १६ अङ्कको डिम्याट नम्बर पाएपछि, तपाईले ग्राहक सन्दर्भ नम्बर (CRN) को फारम भर्नु पर्नेछ । यो पनि त्यै डिम्याट खाता भएको बैंकबाट भर्न सक्नुहुन्छ । बैंक जानुहोस्, CRN फारम माग्नुहोस्, फारम भर्नुहोस् र बैंकमा बुझाउनुहोस् । तपाईलाई बैंकले CRN नम्बर दिन्छ, जुन आइपीओ भर्न चाहिन्छ ।

अब तपाइले मेराे शेयरको फारम भर्नुपर्नेछ, त्यो पनि तपाईले त्यै बैंकबाट भर्न सक्नुहुन्छ । बैंक जानुहोस्, Mero Share फारम माग्नुहोस्, फारम भर्नुहोस् र बैंकमा बुझाउनुहोस् । बैंकले तपाईको मेरो सेयर खाता खोलिदिन्छ, अनि तपाईक ईमेल आइडीमा पासवर्ड रिसेट गर्ने लिंक पठाउँछ, पासवर्ड रिसेट गर्नुहोस् ।

एकचोटि तपाईंले पासवर्ड रिसेट गरेपछि, तपाईं यहाँबाट Meroshare प्लेटफर्ममा लग इन गर्न सक्नुहुन्छ। अनि मेरोशेयर मार्फत तपाईंले आइपीओ भर्न सक्नुहुन्छ ।